पछिल्लो २४ घण्टामा ११ सय ५७ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११ सय ५७ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १३ गते बुधबार १२:०६

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ सय १३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस अवधिमा कुल १४ हजार ५ सय ५१ जनामा परीक्षण गर्दा ११ सय ५७...

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ सय १३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस अवधिमा कुल १४ हजार ५ सय ५१ जनामा परीक्षण गर्दा ११ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ पुगेको छ ।

याे पनि
महिलाको चरित्र ह’त्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक प’क्राउ

महिलाको चरित्र ह’त्या हुने र समाजमा घृ’णा तथा द्वे’ष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक प’क्राउ परेका छन् । एक पी’डित महिलाको उ’जुरीका आधारमा साइबर ब्यू’रोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले प’क्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार प’क्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९, मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेका छन् ।

उनीहरुले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानलहरूमा समेत कार्यक्रम उत्पादन तथा पुन उत्पादन गरी ललितपुरकी एक महिलाको चरित्र ह’त्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पी’डित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र ह’त्या हुने सामाग्री प्रसारण गरिएको थियो । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामग्रीले महिलाको चरित्र ह’त्या भएको, इज्जत तथा प्रतिष्ठामा आँच पुराई महिलाप्रति घृ’णा वा द्वे’षभाव पैदा गराएको कारण उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको क’सुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार तस्विरसहितको भिडियो प्रसारण गरी महिलाको चरित्र ह’त्या गरेको, महिलाको इज्जतमा आँच पुर्याएको र पी’डित महिलाप्रति घृ’णा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई प’क्राउ गरेको हो ।

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार १२:०६
प्रतिक्रिया दिनुहोस