एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा बनाएपछि…

एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा बनाएपछि…

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १७ गते शुक्रबार ०१:०९

एजेन्सी- मुसाले एटीएममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज,...

एजेन्सी- मुसाले एटीएममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मेसिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो ।

टेक्निक खराबीका कारण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो । जब ११ जूनको दिन मेसिन बनाएर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जालमा यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार ०१:०९
प्रतिक्रिया दिनुहोस