ऋचाले नयाँ वर्ष संगै गरीन नयाँ फिल्मको घोषणा

ऋचाले नयाँ वर्ष संगै गरीन नयाँ फिल्मको घोषणा

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १७ गते शुक्रबार ०६:५२

काठमाडौं । अभिनेत्री ऋचा शर्मा फिल्म निर्माण घोषणा गरेकी छन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले सामाजिक संजाल मार्फत फिल्म ‘कौसीद’ निर्माण गर्ने घोषणा गरेकी हुन् । केदार भुषाल निर्माता रहने फिल्मलाई कुमार भाष्करले निर्देशन...

काठमाडौं । अभिनेत्री ऋचा शर्मा फिल्म निर्माण घोषणा गरेकी छन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले सामाजिक संजाल मार्फत फिल्म ‘कौसीद’ निर्माण गर्ने घोषणा गरेकी हुन् ।

केदार भुषाल निर्माता रहने फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नेछन् । भोलाराज सापकोटा र ऋचा शर्माको फिल्ममा मुख्य भूमिका रहनेछ ।

लक्ष्मण बाँनिया सह–निर्माता, दीमेश श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म बैंकबाट ऋण लिने मानिसको कथामा बन्न लागेको हो । फिल्म नयाँ जोश र उत्साहका साथ बनाउने उनले बताएकी छिन् ।

प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार ०६:५२
प्रतिक्रिया दिनुहोस