प्रहरीले प्रयोगमा आइसकेका क’ण्डम बटुलेर बिक्री गर्ने गि’रोहलाई प’क्राउ गरेको छ । बीबीसीका अनुसार दक्षिण पूर्वी एशियाली देश भियतनाममा प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क’ण्डमसहित दुई जनालाई प’क्राउ गरेको हो ।
यी क’न्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । यी ब्यागहरुको वजन ३ सय ६० किलो छ ।
यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका क’न्डमको ब्याग लिने गरेका थिए ।
प्रहरी छापा’का दौरान प’क्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी क’ण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।
त्यसपछि यस क’ण्डमलाई काठको लि’ङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । महिलाका अनुसार उनले जति किलो क’ण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों । स्थानीयका अनुसार होटल र पसलहरुमा यी क’ण्डमको बिक्री हुने गरेको थियो ।
प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ११:५१