सुनको मूल्य तोलामा ८०० रुपैयाँले सस्तियो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले सस्तियो

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १४ गते मङ्गलबार ०७:२४

छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

१४ पुस, काठमाडौं । स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोबार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएकामा मंगलबार प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोबार भएको चाँदी मंगलबार भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति २०७७ पुस १४ गते मङ्गलबार ०७:२४
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२