‘बजरंगी भाईजन’ कि चर्चित मुन्नी अहिले देखिन्छिन् यस्ती (१० तस्विरमा)

‘बजरंगी भाईजन’ कि चर्चित मुन्नी अहिले देखिन्छिन् यस्ती (१० तस्विरमा)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार ०१:११

मुन्नी यानिकी हर्षाली मल्होत्राले ७ बर्षको उमेरमा नै बलिउडमा डेब्यू गरेकी थिइन् । हर्षालीले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बजरंगी भाइजान’बाट निकै चर्चा कमाउन सफल भइन् । उनी, ८ हजार बच्चाको बिचबाट यो चलचित्रका लागि छानिएकी थिइन्...

मुन्नी यानिकी हर्षाली मल्होत्राले ७ बर्षको उमेरमा नै बलिउडमा डेब्यू गरेकी थिइन् । हर्षालीले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बजरंगी भाइजान’बाट निकै चर्चा कमाउन सफल भइन् । उनी, ८ हजार बच्चाको बिचबाट यो चलचित्रका लागि छानिएकी थिइन् । त्यतिबेला उनी मात्र ७ बर्षकी थिइन् ।

हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार मुन्नी २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा बाल कलाकारको भुमिका निभाएपछि एकाएक चर्चामा आएकी थिईन । उक्त फिल्ममा उनले सलमान खान करीना कपूर खानको साथमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन ।

७ वर्षको उमेरमा फिल्ममा अभिनय गरेकी मुन्नि अहिले १३ वर्षकी भैसकेकी छिन् । यो पाँच वर्षमा उनी निकै परिवर्तन भइसकेकी छिन् । उनले अब म अफिसियल्ली टिनएजमा प्रवेश गरे भन्दै फोटोहरु शेयर गरेकी छिन् ।

फिल्ममा उनले निर्बाह गरेको निकै शसक्त भूमीका अहिले पनि फिल्म हेर्ने जो कोहि दर्शकको मानसपटलमा ताजा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १३ वर्षकी भइन् । हर्षालीको फेरिएको रुप देखेर उनका फ्यानहरुले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

उनको मात्र होईन बलिउड चर्चित नायक सलमान खानको आजसम्मको करिअरमा समेत सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । उनले हिन्दी सिरियल कूबूल है तथा लौट आओ तृषामा काम गरिसकेकी छिन् । हर्षालीलाई आजपनि दर्शकले ‘मुन्नी’ नै भन्ने गरेका छन् ।

समाजिक संजालमा सक्रिय रहने हर्षालीले सामाजिक संजालमा ब्यस्त रहन्छिन । आफ्ना फ्यानहरुमाझ भिडियो, तस्बिरहरु शेयर गरिरहेकि हुन्छिन् । ईन्स्टाग्राममा उनको मिलियन भन्दा बढी फलोअर्स रहेका छन् ।



प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०१:११
प्रतिक्रिया दिनुहोस