नायिका प्रियंका कार्की सधैँजसो चर्चाको विषय बन्ने गर्छिन् । कलिउडका महिला कलाकारमा प्रियंका जतिको चलेको नाम सायदै कम होला । प्रियंकाको मनपर्ने ठाउँ डाइनिङ टेबलको विषय होस् वा विवाह देखि गर्भवतिसम्मको हरेक अवस्थाकाबारे समाचार...
नायिका प्रियंका कार्की सधैँजसो चर्चाको विषय बन्ने गर्छिन् । कलिउडका महिला कलाकारमा प्रियंका जतिको चलेको नाम सायदै कम होला । प्रियंकाको मनपर्ने ठाउँ डाइनिङ टेबलको विषय होस् वा विवाह देखि गर्भवतिसम्मको हरेक अवस्थाकाबारे समाचार बन्ने गर्दछ । अहिले भने प्रियंका सन्तान जन्माउने अवस्थामा छिन् ।
केहि दिनमै आमा बन्ने जानकारी प्रियंकाले आफ्नो युटुब भिडियोमार्फत जानकारी दिएकि छिन् । एक त लकडाउन त्यहिमाथि गर्भवति पनि, अनि घरमै बस्नुपर्ने बाध्यता । सधैँ चर्चामा देखिएकि प्रियंकाको चर्चा अब भने अस्ताउने हो कि भन्ने चर्चा फिल्मनगरिमा चलेको थियो । तर, प्रियंका गर्भवति भएपछि झनै सामाजिक संजाल र संचारमाध्यममा छाईरहेकि छिन् ।
प्रियंकाले आयुष्मानलाई हग्न सिकाउदैँ भनेपछि आश्चर्यम पर्नु भयो होला । तर, यो कुरा सत्य हो । उनले आयुष्मानलाई मात्र नभएर हरेक बच्चाका आमा र बुवाहरुकालागि बच्चाले गर्ने हर्कत र ती हर्कतबाट आफूले थाहा पाउने कुराहरु सिकाइरहेकि छिन् ।
उनले आफ्नो युटुब कार्यक्रममा गर्भवति भएको बेला अपनाउनुपर्ने सावधानि र बच्चा पाईसकेपछि गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी दिदैँ आइरहेकि छिन् । गर्भवति अवस्थामा स्वमिङ पहिरनमा पौडी खेल्दै गर्भवति महिलाले गर्नुपर्ने व्यायामहरुका बारेमा पनि प्रियंका जानकारी दिइरहेकि हुन्छिन् ।
गर्भवति अवस्थामा राम्रो आयश्रोतः सामाजिक संजालमा निकैनै सक्रिय देखिएकि प्रियंकालाई फेसबुकमा मनपराउनेको संख्या मात्रै २६ लाख छ । त्यसैगरि, युटुब र इन्स्टाग्राममा पनि प्रियंकालाई दर्शकले राम्रै साथ दिएका छन् । उनले सामाजिक संजालबाटै महिनाको एक लाख बढि आम्दानि गर्छिन् ।
युटुबमा उनका हरेक भिडियोहरुमा ३ लाख बढि भ्युज छन् । मोनिटाइज युटुब च्यानल भएकाले विज्ञापन हाल्दे वापत युटुबले सो खातामा पैसा हाल्दिने गर्दछ । त्यस्तै, इन्स्टाग्राममा ब्राण्डहरुको प्रमोशन गरेर उनले पैसा कमाउने गर्छिन् । उनलाई थुप्रै बच्चाका पसलले उपहार दिइरहन्छन् । उनले उक्त तस्बिर इन्स्टाग्राममा हालेर विज्ञापन गरिदिन्छिन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807