रक्सी खाएर कार्यालय गइन् महिला, कम्पनीले निकालेपछि अदालतले दियो लाखौँको क्षतिपूर्ति

रक्सी खाएर कार्यालय गइन् महिला, कम्पनीले निकालेपछि अदालतले दियो लाखौँको क्षतिपूर्ति

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २ गते शनिवार ०७:३०

काठमाडौं । दुनियाँमा अनौठा खबरहरुको कुनै कमी छैन । स्कटल्याण्डको इडिनबर्गमा एउटा यस्तै घटना भएको छ । त्यहाँ म’दिरा सेवन गरेर कार्यालय गएकी एक महिलालाई जागिरबाट निकालिएपछि एकाएक लखपति बनेकी छिन् । मालगोर्जाता क्रोलिक नामकी ती...

काठमाडौं । दुनियाँमा अनौठा खबरहरुको कुनै कमी छैन । स्कटल्याण्डको इडिनबर्गमा एउटा यस्तै घटना भएको छ । त्यहाँ म’दिरा सेवन गरेर कार्यालय गएकी एक महिलालाई जागिरबाट निकालिएपछि एकाएक लखपति बनेकी छिन् ।

मालगोर्जाता क्रोलिक नामकी ती महिला एकदिन र’क्सी पिएर आफुले काम गर्ने कार्यालयमा गइन् । उनले कुनै एक काराखानामा काम गर्दथिन् । उनको कार्यालय समय दिउसो २ बजेबाट सुरु हुन्थ्यो । आफ्नो कार्यालय समय सुरु हुनुभन्दा ९ घण्टा अगाडि अर्थात् बिहान ५ बजे उनले र’क्सी पिएकी थिइन् ।

क्रोलिक र’क्सी खाएर काममा आएको थाहा पाएपछि कम्पनीका म्यानेजरले उनलाई सोधपुछ गरे । म’दिरा सेवनप्रति शून्य सहनशीलता नीति अपनाएको कम्पनीले ती महिलालाई जागिरबाट निकाल्ने निर्णय गर्यो ।

जागिरबाट निकालिएसँगै क्रोलिक निकै आ’क्रोसित भइन् । उनले अदालतको ढोका ढक्ढकाइन् । अदालतले उनको भाग्य नै बदलिदियो । बिहानै र’क्सी पिएर दिउसो अफिस गएकी क्रोलिकको पक्षमा फैसला गर्दै अदालतले उनलाई ५ हजार युरो क्ष’तिपूर्ति दिन कम्पनीका नाममा आदेश दियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०७:३०
प्रतिक्रिया दिनुहोस