नेपाली चलचित्र जगतका चर्चित नायक हुन् दिलिप रायमाझी । उनकी छोरी पनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि अपडेट हुन थालेकी छिन् । नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा हात हाल्दैछिन् । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेका छन् ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने नि’क्र्यौल भएको छैन । उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन । दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् । उनको चर्चा भने सामाजिक संजालमा चने निकै हुने गरेको छ ।

लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनमा अभिनय यात्रामा फेरी एक पटक सक्रिय बनेका छन् । दर्पण छायाँ, जिन्दगानी, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका अभिनेता दिलिपकी छोरी दिब्या भने अहिलेसम्मको उनको बाटोमा हिँडेकी छैनन् ।
अर्थात अहिलेसम्म अभिनय यात्रामा देखिएकी छैनन् । दिलिपकी छोरी चलचित्रमा आउने हल्ला नचलेको भने होइन ।
तस्विरहरु



यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।
उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।
प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०२:२०