नम्रता सापकोटाले अभिनय गरेको पहिलो फिल्म ‘सिग्नेचर’ हो। तर, यो फिल्म आजसम्म पनि हलमा आएको छैन। त्यसैले उनले दोस्रो पटक अभिनय गरेको ‘अन्तराल’ उनको डेब्यु फिल्म हो। त्यसयता उनले ‘छ’क्का पञ्जा’, ‘ब्रासलेट’, ‘समर लभ’ आदि फिल्ममा अभिनय गरेकी छिन्। सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी नम्रता आजभोलि नियमित जिम जान्छिन्। नम्रताले आफ्नो फिटनेस अनुभव ‘सम्पूर्ण’ लाई सुनाएकी छिन्।

दुब्लाउन जिमपहिला म खासै मोटी थिइनँ। बीचमा फिल्म र म्युजिक भिडियो दुवैबाट टाढा भएँ। मेरो शरीर स्वस्थ छ, जे खाए पनि लागिहाल्छ। तीनचार वर्षअघिसम्म ज्यान घटाउन घरमै वर्कआउट गर्थें तर यतिले मात्र हुन्नजस्तो लागेपछि दुई वर्षयता जिम जान थालेकी छु। शरीर फिट राख्न र ज्यान रहरलाग्दो बनाउन जिम जाने गर्छु। यति गरेपछि शरीर स्वस्थ हुन्छ भन्ने मलाई थाहा छँदै छ।
मःमः छाड्नुपर्यो-फिटनेसका लागि डाइटको ठूलो भूमिका हुन्छ। मैले पनि आजभोलि त्यहीअनुसार डाइट प्लान गरेकी छु। बिहान सात–साढे सात बजेसम्म उठिसक्छु। उठेर सबैभन्दा पहिला पानी खान्छु। त्यसपछि ब्ल्याक टी खान्छु। ब्रेकफास्टमा सुक्खा रोटी वा ब्रेड जे पाइन्छ, त्यही खान्छु। त्यो पनि दुइटाभन्दा बढी खान्नँ। अण्डा चाहिँ एकदमै मन पर्छ। कतिपयले अण्डाको पहेँलो भाग खाँदैनन्। तर, मलाई चाहिँ त्यही भाग धेरै मन पर्छ।

घरमा हुँदा ब्राउन राइस खान्छु। बाहिर निस्कनु छ भने गाडीमै चना, बदाम आदि राख्छु र भोक लागेको बेलामा खान्छु। फिटनेसकै लागि मन पर्दापर्दै चटक्क छाडेको चाहिँ मःमः हो। मःमः मलाई असाध्यै मन पथ्र्यो तर खान हुन्न भनेपछि छाडेँ। त्यस्तै दही पनि नखानू भन्छन् तर यो चाहिँ छाड्न सकेकी छैन। देखेपछि आफूलाई रोक्नै सक्दिनँ।
गीत बजाएर नाच्छु-सकेसम्म नियमित जिम जान्छु तर कहिलेकाहीँ जान पाइनँ भने पनि घरमै वर्कआउट गर्छु। त्यसका लागि गीतको सहारा लिने गरेकी छु। जिम जान पाएको बेला आफूलाई मन पर्ने गीतमा एक–डेढ घण्टा मस्तसँग नाच्छु। नाच्दा पनि मज्जाले पसिना निस्कन्छ। यसले पनि फ्रेस बनाउँछ। नाच सँगसँगै स्किपिङ पनि गर्ने गरेकी छु। स्किपिङ गर्दा पनि राम्रै एक्सरसाइज हुन्छ।

फिटनेसका लागि जिम जान थालेपछि यसले सोचाइमा पनि सकारात्मक असर पारेको महसुस गरेकी छु। हाम्रो जीवन त’नावले भरिएको छ। एक्सरसाइज गर्दा फ्रेस महसुस हुन्छ। व्यायामले हामीलाई शारीरिक रूपमा मात्र नभई मा’नसिक रूपमा पनि स्वस्थ बनाउँछ।
कट’ निकाल्ने रहर-जिम गएपछि सबैलाई केही न केही गर्ने रहर भइहाल्छ। केटाहरूलाई बाइसेप्स, एब्स निकाल्न मन लाग्छ। केटीहरूलाई चाहिँ कट निकाल्न मन पर्छ। म पनि जिममा यही मोटिभेसनले पसिना बगाउँछु। कम्मरमा क’ट निस्कियोस् भनेर जिम धाइरहेकी छु। अनि, फि’गर पनि फिट देखियोस् भन्ने चाहन्छु।

धेरैजसो सु’टिङ परिरहेको हुन्छ। सुटिङमा घरको जस्तो खाना खोजेर पाइँदैन। जे पाकेको छ, त्यही खानुपर्छ। त्यसैले पनि हामीलाई शरीर मेन्टन गर्न गाह्रो भइरहेको हुन्छ। जति दिन जिम जान्छु, मन लगाएर इन्स्ट्रक्टरले भनेको कुरा गर्छु। क’ट निकाल्न इन्स्ट्रक्टरको सल्लाहअनुसार कार्डियो ट्रेडमिल, स्ट्रेचिङ, वेट लिफ्टिङ गर्छु।
जिम जान थालेपछि मेरो ज्यान हेल्दी हुँदै गइरहेको छ र मसल पनि टाइट भइरहेको छ। शरीर स्वस्थ राख्न योग पनि एकदमै उपयोगी छ भन्ने थाहा छ। तर, त्यो चाहिँ समूहमा हुँदा यदाकदा गर्छु। नियमित गर्दिनँ। फोटो र समाचार सम्पूर्ण साप्ताहिकबाट साभार गरिएको हो ।
प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०४:१५