कलाकार बन्नुअघि होटलमा काम गर्थिन्अभिनेत्री वाणी (१५ तस्विर सहित)

कलाकार बन्नुअघि होटलमा काम गर्थिन्अभिनेत्री वाणी (१५ तस्विर सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २९ गते मङ्गलबार ०४:३७

हालै सार्वजनिक हिन्दी फिल्म 'बेल बटम'ले राम्रो कमाइसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा अक्षय कुमार, वाणी कपुर, लारा दत्ता र हुमा कुरैसीको मुख्य अभिनय छ। फिल्मको कथा र कलाकारहरुको अभिनयसमेतकाे प्रशंसा भइरहेको छ। यही...

हालै सार्वजनिक हिन्दी फिल्म ‘बेल बटम’ले राम्रो कमाइसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा अक्षय कुमार, वाणी कपुर, लारा दत्ता र हुमा कुरैसीको मुख्य अभिनय छ। फिल्मको कथा र कलाकारहरुको अभिनयसमेतकाे प्रशंसा भइरहेको छ।

यही फिल्मका कारण मुख्य भूमिकामा देखिएकी अभिनेत्री वाणी हाल चर्चा छिन्। गत सोमबार उनको जन्मदिनको अवसरमा भारतीय मिडियाले वाणीको जीवनका जानकारीहरु बाहिर ल्याएको थियो। डिएनएका अनुसार वाणी पारिवारिक पृष्ठभूमि फिल्म क्षेत्र थिएन। नयाँ दिल्लीमा हुर्किएकी उनीसँग थिएटर वा अन्य ठाउँमा अभिनय गरेको अनुभव पनि थिएन।

उनकी आमा शिक्षिका र बुबा फर्निचर निर्यात उद्यमी हुन्। सामान्य परिवारबाट आएकी वाणीले टुरिज्म स्टडिजमा स्नातक गरेकी हुन्।अभिनयमा लाग्नुअघि उनी होटलहरुमा काम गर्थिन्। पढाइपछि उनले जयपुरको ‘ओबराय होटल्स एन्ड रिसोर्ट’मा काम गरेकी थिइन्। त्यसलगतै उनले आइटिसी होटलमा पनि काम गरिन्।

होटलमा काम गरेकै समयतिर उनले एक मोडल एजेन्सीमा आफ्नो नाम दर्ता गराएकी थिइन्। त्यसपछि उनी मोडलिङ गर्दै अभिनय क्षेत्रमा आइपुगेकी हुन्। उनले सन् २०१३ मा सुशान्त सिंह राजपुत र परिणिती चोपडासँग ‘शुद्ध देसी रोमान्स’ फिल्मबाट डेब्यु गरिन्। फिल्ममा उनको अभिनय धेरैले मन पराएका थिए।

पछिल्लो समय वाणीले थुप्रै फिल्महरुमा काम गरिसकेकी छन्। आठ वर्षको फिल्म करियरमा उनले हृतिक रोशन, रणवीर सिंह, अक्षय कुमार र टाइगर श्राफजस्ता स्थापित अभिनेतासँग काम गरिसकेकी छन्। उनले ‘ब्यान्ड बाजा बारात’को तमिल रिमेक ‘आहा कल्यानम’ फिल्ममा पनि अभिनय गरेकी थिइन्।

वाणीको फिल्म करिअर सुखद रुपमा अघि बढिरहेको छ। हाल उनी नयाँ फिल्म ‘समसेरा’को तयारीमा छिन्। फिल्ममा उनीसँगै अभिनेता रणवीर कपुर र सञ्जय दत्त मुख्य भूमिकामा देखिने छन्। यसबाहेक उनी अभिनेता आयुष्मान खुरानासँग ‘चन्दिगढ करे आशिकी’ मा पनि देखिने छिन्।


प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०४:३७
प्रतिक्रिया दिनुहोस