कान्छा छोरा सिद्धार्थलाई नेपाली फिल्ममा डेब्यु गराउदै युवराज लामा

कान्छा छोरा सिद्धार्थलाई नेपाली फिल्ममा डेब्यु गराउदै युवराज लामा

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २७ गते आईतबार ०४:०९

काठमाडौं-अभिनेता तथा निर्देशक युवराज लामाका कान्छो छोरा सिद्धार्थ लामाले पनि फिल्ममा अभिनय गर्ने भएका छन् । डेढ दर्शकपछि फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्ने तयारीमा लगोको उनले सोही फिल्मबाट छोरालाई फिल्ममा डेब्यु गराउने...

काठमाडौं-अभिनेता तथा निर्देशक युवराज लामाका कान्छो छोरा सिद्धार्थ लामाले पनि फिल्ममा अभिनय गर्ने भएका छन् । डेढ दर्शकपछि फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्ने तयारीमा लगोको उनले सोही फिल्मबाट छोरालाई फिल्ममा डेब्यु गराउने तयारी गरेको बताइएको छ ।

अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको र आउँदो चैतपछि सुटिङ सुरु हुने लामाले बताए । नेपाली दर्शकका लागि उनी नयाँ अनुहार भए पनि भारतको मलायलम इन्डस्ट्रीमा लोकप्रिय छन् । उनले मलायलम इन्डस्ट्रीका सुपरस्टार मोहनलालसँँग फिल्म ‘योद्धा’ मा एकसाथ स्क्रिन शेयर गरिसकेका छन् ।

मलायलमको अर्को फिल्म ‘इदावाप्पथ्य’ मा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । सन् २०१६ मा रिलिज भएको यो फिल्ममा अभिनेत्री मनीषा कोइरालाको पनि अभिनय थियो ।

पिताले निर्माण तथा निर्देशन गरेका ‘देउता’ लगायतका केही नेपाली फिल्ममा पनि उनले बाल कलाकारको रुपमा अभिनय गरेका छन् । न मन्दिर, कन्यादान, देश परदेश, प्रतिज्ञा, धर्मपुत्र, देवदूत, गोरेटो’ लगायतका फिल्मको निर्माण तथा निर्देशन गरिसकेका उनी पछिल्लो समय राजनीति र होटल व्यवसायमा व्यस्त छन् ।

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ०४:०९
प्रतिक्रिया दिनुहोस