अक्षयलाई खुब मनपराउँथिन् काजोल !

अक्षयलाई खुब मनपराउँथिन् काजोल !

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २७ गते आईतबार ०३:५४

बलिउडकी सुन्दर अभिनेत्री काजोल देवगनले कुनै समय अक्षय कुमारलाई खुब मनपराउँथिन् । अक्षयले पहिलो फिल्मबाट नै काजोलको मन जितिसकेका थिए । काजोलले पार्टीहरुमा पनि अक्षयको पिछा गर्न थालेकी थिइन् । काजोल फिल्म निर्माता करण जौहरको...

बलिउडकी सुन्दर अभिनेत्री काजोल देवगनले कुनै समय अक्षय कुमारलाई खुब मनपराउँथिन् । अक्षयले पहिलो फिल्मबाट नै काजोलको मन जितिसकेका थिए । काजोलले पार्टीहरुमा पनि अक्षयको पिछा गर्न थालेकी थिइन् ।

काजोल फिल्म निर्माता करण जौहरको मिल्ने साथी पनि हुन् । एक पटक ‘द कपिल शर्मा शो’ मा करणले भनेका थिए, ‘काजोलले अक्षय कुमारलाई खोजिरहेको थिइन् सोही समय म काजोलसँग ठोक्किएको थिएँ ।’

करणले अगाडि भनिन्, ‘ काजोल मलाई पनि अक्षय कुमारलाई खोज्न आग्रह गर्दै थिइन् । सो समयमा अक्षय कुमार त भेटिएनन् तर मसँग काजोलको दोस्ती भने निकै गहिरो हुन पुग्यो । पछि काजोल र अजयको भेट भयो ।’

काजोलले यशराज ब्यानरको फिल्म ‘दिल्लगी’ मा अक्षय कुमारसँग काम गरेकी थिइन् । यो फिल्म हिट त भएन तर यसको गीत अहिले पनि चर्चामा छ ।

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ०३:५४
प्रतिक्रिया दिनुहोस