एजेन्सी । अबेम्बर लुकले अन्तत फेरि ट्याटु बनाएकी छिन् । यी मोडलको शरीरको ९८ प्रतिशत भागमा ट्याटू थियो । त्यसैेले उनले नयाँ ट्याटुका लागि टाउकोको केही भाग खौरिइन् । इन्स्टाग्राममा उनले सर्पको डिजाइनमा कोरिएको नयाँ ट्याटु प्रदर्शन गरेकी छिन्, यो ट्याटु उनको देब्रे कानमाथिबाट खोपिएको छ ।

यी मोडल अनलाईनमा ब्लु आईज ह्वाइट ड्रयागन नामले पनि चिनिन्छिन् । उनले लेखेकी छिन्, ‘नयाँ ट्याटु खोपाउनका लागि टाउकोको एक भाग खौरिएको छु ।’ उनको पोस्टमा एक घण्टाभित्रै २ हजारभन्दा धेरै लाइक्स आएको छ ।

कतिपय फ्यानहरुले पुरै टाउको खौरन समेत अनुुरोध गरेका छन् । इन्स्टाग्राममा एक प्रयोगकर्ता लेख्छन्,‘म तपाईले पुरै टाउको खौरिएर त्यसमा पूरा ट्याटु खोपाएको हेर्नका लागि धेरै प्रतिशक्षा गर्न सक्दिन ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सुन्दर, तपाईहरुको ट्याटुहरु निकै प्रेमिल छन् ।’



याे पनी
मुस्कान एक यस्तो अस्त्र हो, जसलाई अरुमा जति छर्यो उति नै हाम्रो जीवनमा महकता ल्याउँछ
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा सफलता प्राप्त गर्न सकिन्छ । यदि कामको सुरुवातमा नकारात्मकता हावी रहेमा सरल काम पनि मुश्किल हुने गर्दछ । क्रोध र हतारको कामले बन्नेपनि बिग्रन सक्छ । हरेक परिस्थितिमा मनलाई शान्त राख्नु पर्दछ र धैर्यताले काम गर्नु पर्दछ ।
केहि प्रेरक भनाइहरुः
कुनैपनि काममा यतिविघ्न भिज्नुपर्छ ताकि अरुको नराम्रो गर्ने समय नमिलोस् ।
नकारात्मक कुरालाई नजरअन्दाज गर्ने कला सिक्नु पर्दछ । तबमात्र जीवनमा शान्ति आउँछ ।
भरोसा सबैभन्दा ठूलो सम्बन्ध हो । सन्तोष सबैभन्दा ठूले धन हो र राम्रो स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सुखी जीवनको लागि यी तीन कुरा अत्यन्तै जरुरी हुन्छ ।
दैनिक विहान केहि राम्रा कुरा पढ्नुहोस्, केहि नराम्रा कुरा भूल्ने कोशिश गर्नुहोस्, तबमात्र दिनभर सकारात्मकता छाउँछ ।
मुस्कान एक यस्तो अस्त्र हो, जसलाई अरुमा जति छर्यो उति नै हाम्रो जीवनमा महकता ल्याउँछ ।
प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०६:३४