पछिल्लो २४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

पछिल्लो २४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २५ गते शुक्रबार १०:३०

पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा...

पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।

प्रकाशित मिति २०७८ भदौ २५ गते शुक्रबार १०:३०
प्रतिक्रिया दिनुहोस