क्युट सुन्दरी मोडेल,एलिसा राइको मोहित पार्ने रूप (३० तस्बिर सहित)

क्युट सुन्दरी मोडेल,एलिसा राइको मोहित पार्ने रूप (३० तस्बिर सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २१ गते सोमबार ०४:३२

नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो । यो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो ।खास गरी लघु चलचित्रमा...

नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो ।

यो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो ।खास गरी लघु चलचित्रमा अभिनय गर्ने एलिसा यो फिल्मपछि म्युजिक भिडियोमा एकाएक छाइन् । तर, उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन । पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त छन् । उनका फ्यानहरूले उनलाइ फील्ममा देख्न चाहिरहेका छन् तर फिल्ममा भने एलिसा खासै जम्न सकिनन् ।

तर उनको व्यस्तता घटेको छैन । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त भइरहेकी एलिसा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् ।हालै उनी एक कार्यक्रमका लागि हङकङ पुगेकी छिन् ।

व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् । कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेका छन् ।

जे होस सामाजिक सञजालमा उनका तस्बिर निकै भाइरल हुने गर्छन। भने फिल्ममा नजमेपनि उन सधै चर्चामा हुन्छिन् । हेरौ उनका सुन्दर तस्बिर।


 



 


 



यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार ०४:३२
प्रतिक्रिया दिनुहोस