नेपालमा पछिल्लो २४ घण्टामा ७२२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

नेपालमा पछिल्लो २४ घण्टामा ७२२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

सञ्चार बाणी

@SancharBani

२०७७ पुस ७ गते मङ्गलबार ११:१७

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको...

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७२९रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९८ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

प्रकाशित मिति २०७७ पुस ७ गते मङ्गलबार ११:१७
प्रतिक्रिया दिनुहोस