बल्छीमा सर्पजस्तै माछा परेको थियो, माछा छटपटाएपछि आफ्नै मुखले टोक्दा ज्यान गयो

बल्छीमा सर्पजस्तै माछा परेको थियो, माछा छटपटाएपछि आफ्नै मुखले टोक्दा ज्यान गयो

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २० गते आईतबार ०१:२५

दाङमा अढैया जातको माछा दाँतले टोकेर ब’होस भएका एक ब्यक्तिको मृ’त्यु भएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको...

दाङमा अढैया जातको माछा दाँतले टोकेर ब’होस भएका एक ब्यक्तिको मृ’त्यु भएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका थिए ।

माछाको टाउको टोके लगत्तै घर्ती बे’होस भएपछि उनलाई लमही अस्पतालमा पु¥याएपनि चिकित्कसले मृ’त घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पु¥याउँदा मृ’त्यु भइसकेको बताए ।

घर्ती शनिबार दिउँसो श्रीमतीका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मा’र्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि बाहिर तानेका थिए । तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उ’नी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए ।

उनी बे’होस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पु¥याएकी थिइन् । ‘ अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरिक्षक पौडेलले भने ‘ त्यस बीचमा घर्तीको मृ’त्यु भइसकेको थियो ।’

प्रहरी निरिक्षक पौडेलले मृ’त्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्ट आए पछि खुल्न बताए ।

प्रकाशित मिति २०७८ भदौ २० गते आईतबार ०१:२५
प्रतिक्रिया दिनुहोस