गायिका अन्जु पन्त अहिले अमेरिका छन् । अन्जुले पति थिर कोइरालासँग रमाइरहेको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेकि छिन् । प्रेममा रहेका पन्त र कोइरालाले केहि समयअघिमात्रै विवाह बन्धनमा बाँधिएका थिए । गायक तथा संगीतकार मनोजराज सिवाकोटीसँगको डिभोर्स भएपछि अन्जुले थिरसँग विवाह गरेका हुन् ।

जीवन एक उपहारः गायिका अन्जु पन्त आफ्नो जीवनलाई एक सुन्दर उपहार भन्छिन् । यो कुरा उनको जिब्रोबाट पटक–पटक फड्किरहन्छ, ‘जीवन साच्चिँकै सृष्टिको सुन्दर उपहार हो ।’ जीवनमा अन्जुले धेरै दुःख झेलेकी छिन् । तर, पनि उनी आफ्नो जीवनलाई सुन्दर देखिन्छन् । मनभित्रका असह्य पीडाहरुलाई बिर्सिएर दिनभर रेकर्डिङ स्टुडियो र स्टेजमा दर्शकसँग हाँसिरहेकी छिन् उनी ।

एउटा यस्तो समय थियो, जुनबेला अन्जु पन्तको स्वर जताततै गुन्जायमान हुन्थ्यो । रेडियोदेखि टेलिभिजनमा समेत अन्जुको स्वरहरु गुन्जिरहन्थे । लोकगीतदेखि चलचित्रको गीतसम्म अन्जुको आवाज सुनिन्थ्यो । दिनमा ७ वटा गीतसम्म रेकर्ड गराउँथिन्, अन्जुले । आज त्यही दिन फर्किएको छ । उनको ओठको हाँसो फर्किएको छ । अन्जुले आफ्नै नाममा परोपकारी संस्था (फाउन्डेसन) खेलेकी छन् । ‘अन्जु पन्त फाउन्डेशन’ मार्फत समाज सेवाका काम गरिरहेकी हुन्छिन् । विकट गाउँमा पुगेर त्यहाँको बच्चालाई पाठ्यपुस्तक वितरणदेखि स्वास्थ्य शिविर समेत उनले गरिरहेकी हुन्छिन् ।

अहिले भने अन्जु आफ्नो ड्रिम प्रोजेक्टमा लागेकी छिन् । उनलाई पर्साको गाउँमा एउटा बस्ती बनाइदिनु छ । अन्जु भन्छिन्, ‘त्यहाँ हामीले ३५ वटा घर बनाइदिने योजना बनाएका छौं । यसको अनुमानित लागत लागत ३ करोड छ ।’ ‘त्यत्तिको लगानी कसरी उठाउने ?’, यो प्रश्नले उनलाई पिरोल्न थालेको छ । केही पैसा ‘च्यारिटी शो’ गरेर उठाएकी छिन् । भन्छिन्, ‘च्यारिटी गरेर यत्रो लगानी उठाउन त गाह्रो रहेछ । अब सहगोग माग्नुपर्ने अवस्था आएको छ ।’

अहिले धेरै जना चन्दा उठाएर समाजसेवा गरिरहेका छन् । त्यहीँ हुलमुलमा मिसिनु पर्दा हीनताबोध पनि छ । भन्छिन्, ‘आजसम्म मेरो हात माथि नै थियो । मागेर हैन, दिएर चलेको थियो । अब भने म आफैं माग्नु पर्ने अवस्थामा पुगें ।’ अन्जुले भनिन् ‘जब पानी पर्छ, उहाँहरुलाई सम्झिन्छु । मेरो आशु झर्छ । मलाई उहाँहरुको घर छिट्टै बनाइदिने मन छ ।’





प्रकाशित मिति २०७८ भदौ १९ गते शनिवार ०४:५९