नाई नभन्नु ल ४ बाट नेपाली रजतपटमा प्रवेश गरेकि नायिका तथा मोडल आँचल शर्माले सुटिङका क्रममा सारि लगाउँदा पेट देखिने भन्दै डराएको भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । उनले एक म्युजिक भिडियोको सुटिङमा सारि लगाउँदा पेट देखिएको...
नाई नभन्नु ल ४ बाट नेपाली रजतपटमा प्रवेश गरेकि नायिका तथा मोडल आँचल शर्माले सुटिङका क्रममा सारि लगाउँदा पेट देखिने भन्दै डराएको भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । उनले एक म्युजिक भिडियोको सुटिङमा सारि लगाउँदा पेट देखिएको भन्दै गुनासो गरेकि छिन् । पहिलो चलचित्रनै सफल भएपछि उनले शत्रु गते र जोनि जेन्टलम्यान नामक चलचित्रमा अभिनय गरेकि छिन् । नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।
बिहेपछि झनै विन्दास आँचलः नायिका शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् । आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्, ‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’
आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।’ नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ । अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने डर नै छैन ।’ लकडाउनपछि २ वटा म्यूजिक भिडियोमा काम गरेकी आँचलले गीत छनोट गरेर मात्र भिडियोमा काम गर्ने बताइन् ।
पल र आँचलकाको केमेस्ट्रीः वास्तविक जीवनमा मिल्ने साथी हुन् पल शाह र आँचल शर्मा । अनि पर्दामा रुचाइएको जोडी। चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट एकसाथ रजतपटमा डेब्यु गरेका उनीहरूको सम्बन्धका बारेमा सुरुदेखी नै धेरै चर्चा हुँदै आएको छ । पहिलो चलचित्र छायांकनका क्रममै उनीहरूबीच लभ अफेयर सुरु भएको चर्चा चल्यो । जीवनमा कहिल्यै नसोचेको क्षेत्र, त्यो पनि स्थापित ब्यानरमा काम गर्ने अवसर पाउँदा आँचल जति उत्साहित थिइन् लभ अफेयरको प्रसंगले त्यत्तिकै आत्तिइन्। उनलाई के गरौं, कसो गरौं भयो। न कहिल्यै यसरी अरूसँग नाम जोडिएको थियो, न त प्रेमसम्बन्ध नै। निर्देशक विकास आचार्यलाई फोन गरिन् । उनले ‘आत्तिनु पर्दैन। यस्ता चर्चा सामान्य हो’ भनेर सम्झाए। आँचललाई डर थियो घरपरिवारले के भन्लान् भन्ने। तर बुवाले ‘तिमी अब सेलिब्रेटी भइसक्यौ’ भनेर ढाडस पो दिए। त्यसपछि यस्ता चर्चा उनलाई सामान्य लाग्न थालेको छ ।
भिडियो मोडलिङबाट चलचित्रमा आएका पल र चलचित्रबाट भिडियो मोडलिङ सुरुगरेकी आँचल दुवैका फ्यान फलोइङ राम्रो छ। पल यसै पनि धेरै युवतीले रुचाएका मोडेल एवं अभिनेता हुन्। उनलाई दैनिक दर्जनौं प्रेम प्रस्ताव आउने गर्छ। ‘धेरै फ्यानले तपाईं सिंगल हुनुहुन्छ। म एकदमै मन पराउँछु, माया गर्छु। के छ विचार भनेर प्रस्ताव पठाउँछन् । कतिपयको प्रस्तावले त मनै कटक्क बनाउँछ’, पल भन्छन्। आँचलसँगको सम्बन्धमा पनि उनी प्रस्ट छन्। ‘पर्दामा हाम्रो केमेस्ट्रीलाई रुचाइएकाले अफेयरको चर्चा भएको हुनसक्छ। तर हामी मिल्ने साथीमात्र हौं’, उनको भनाइ छ।
आँचललाई पनि पलको आनीबानी, व्याक्तित्व एवं आचरण एकदमै मन पर्छ। तर बजारमा चर्चा भएजस्तै आफूहरू प्रेमसम्बन्धमा नरहेको उनी बताउँछिन्। ‘सबैले हाम्रो आचरण, हावभाव र फेस पनि म्याच गर्छ भन्छन्’, आँचल भन्छिन्, ‘हामी विश्वासिलो साथी हौं तर अफेयरमा छौं भन्ने कुरा हल्लामात्र हो।’ यसरी नाम जोडिँदा सुरुसुरुमा उनलाई निकै असहज लाग्थ्यो। परिवारले पनि ‘सेलिब्रेटी भयौ’ भनेर जिस्क्याउँथे। तर, अहिले बानी परिसकेको छ ।पल र आँचल एकसाथ काम गर्न रुचाउँछन्। ‘मैले पलबाट धेरै कुरा सिकेकी छु। काममा यति धेरै डेडिगेट कसरी हुन सकिन्छ, म सोच्ने गर्छु। दुःख र अप्ठ्यारोमा पनि हाँस्ने, फ्यानहरूलाई ट्रिट गर्ने बानी सारै राम्रो लाग्छ’, आँचलले भनिन् । तर, कतिपय काममा ढिला गर्ने, समय व्यवस्थापन अनि चित्त नबुझेको कुरा मान्छेकै अगाडि भनिहाल्ने बानी सुधार्नुपर्ने उनको सुझाव छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807