महानायक राजेश हमाल उमेरले आधा शताब्दी नाघिसकेका छन् । विवाहको सवालमा सधैँ चर्चामा आएका महानायक हमालले उमेर ढल्किएपछि मधुसँग विवाह गरे । अहिले भने कहिले बच्चा पाउने भनेर उनलाई धेरैले प्रश्न तेर्साउने गरेका छन् । उमेरले आधा शताब्दी...
महानायक राजेश हमाल उमेरले आधा शताब्दी नाघिसकेका छन् । विवाहको सवालमा सधैँ चर्चामा आएका महानायक हमालले उमेर ढल्किएपछि मधुसँग विवाह गरे । अहिले भने कहिले बच्चा पाउने भनेर उनलाई धेरैले प्रश्न तेर्साउने गरेका छन् । उमेरले आधा शताब्दी नाघिसक्दा पनि महानायक हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’
सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ । तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छिप्पिँदै गएको संकेत गर्छन् । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । उनै महानायकको व्यक्तिगत भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । श्रीमति मधुसँग रोमान्स गर्दै गरेको भिडियो बाहिरिएपछि अहिले उक्त भिडियोले चर्चा बटुलिरहेको छ । महानायक हमाल थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रोमान्टिक समयकोे भिडियो पनि बाहिर ल्याएका छन् ।
जहा उनि श्रीमतीसँग वाईन खादैँ रोमान्टिक हुँदै नाचेका छन् भने नया वर्षको सुभकामना पनि दिएका छन । केहि समयअघि बाहिरीएको उक्त भिडियोमा राजेश र मधु आफ्नो व्यक्तिगत समय बिताइरहेका छन् । वाईन खादैँ मस्ति गरेको भिडियो राजेश हमाल आफैँले सार्वजनिक गरेपछि बुढेसकालको मायामा रमाइलो भन्दै धेरैले ठट्यौलि कमेन्ट गरेका छन् । जे होस्, बुढेसकालमै विवाह गरेपनि महानायकको दाम्पत्य जिवन सुखद र रमाइलो देखिन्छ । महानायक राजेश हमालले धेरै चलचित्रहरुमा श्रीमान वा प्रेमी बनेर अभिनय गरेका छन् र धेरै रोमान्टिक सिनहरु दिएका छन् । भिडियो तल छ
वास्तवित जीवनमा चाहिँ उनी कति रोमान्टिक होलान् ? विवाहको ५ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता दिए । हिमालय टेलिभिजनमा आइतबार आउने कार्यक्रम जीवनसाथीको पहिलो एपिसोडमा उनीहरु प्रस्तुत भएका थिए । उक्त कार्यक्रममा हमालको प्रस्तुति हेर्दा लाग्यो कि उनको दाम्पत्य जीवनमा रोमान्टिक होइन, बोरिङ रहेछन् । पहिलोपटक आफूहरुको बैवाहिक सम्वन्धबारे खुलेको यो जोडीको फरकफरक स्वाभाव देखियो । हमाल स्वयम्ले आफू ‘विवाह र घर व्यवहार गर्ने खालको व्यक्ति नभएको’ बताए ।
मधु भने समझदार लागिन् । पहिलोपटक टेलिभिजनमा यसरी आफ्नो दाम्पत्य सम्वन्धबारे खुलेकी उनले राजेशलाई आफ्नो आदर्श बताइन् । तर, उनका केही स्वभावप्रति गुनासो पनि गरिन् । हरेक पत्नीहरुले चाहन्छन् आफ्नो जन्मदिनलाई पतिले विशेषरुपमा लेओस् । पतिलाई ‘आज मेरो जन्मदिन हो है’ भनेर सम्झाउनुपर्दा उनलाई पक्कै पनि खुशी लाग्दैन । तर, मधुको जन्मदिन कहिले हो भन्नेसम्म हमाललाई थाहा रहेनछ ।
कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले दुबैलाई एकअर्काको विषयमा ५/५ प्रश्न सोधेकी थिइन् । जसमा मधुले ५ मध्ये ४ प्रश्नको सही उत्तर दिइन् । राजेशले चाहिँ ५ मध्ये २ प्रश्नको गलत उत्तर दिए भने एउटा कागतालीमा मिलाए । माल्भिकाले ‘मधुजीको जन्मदिन कहिले हो ?’ भन्ने प्रश्न हमाललाई सोध्नासाथ मधुले भनिन्, ‘यो पक्कै उहाँलाई थाहा छैन ।’ नभन्दै हमालले भन्न सकेनन् । निकैबेर घोत्लिएर भने, ‘आई थिंक नोभेम्बरमा हुनुपर्छ । ७ तारिख हो कि ?’ मधुले भनिन्, ‘अहँ होइन ।’ तर, श्रीमानले आफ्नो जन्मदिन बताउन नसक्दा मधुले चित्त चाहिँ दुखाइनन् । ‘उहाँलाई यस्ता कुरा थाहै हुँदैन’ भनेर बचाऊ गरिदिइन् ।
‘यस्तो कुरा मलाई मन पर्दैन । मैले धेरै फिल्महरुमा रोमान्टिक डाइलग बोलेको छु । त्यसैले एक्टिङ गरेको जस्तै लाग्छ,’ उनले भने । तर, माल्भिकाले कर गरेपछि उनले पत्नीको हात समाते । मधुले निकै लजाएर हात दिइन् । तर, हमालले रोमान्टिक संवाद बोल्नुको साटो उटपट्याङ गीत गाउन थाले । आफ्नो मन पर्ने गीत भन्दै उनले गाएको गीत थियो: तिम्रो माया लाग्छ है साइँली सम्झन्छु छिनछिन, तिमीले माया नगरे पनि सम्झन्छु दिनदिन, आज त मैले भातै र खाएँ तिहुन गाभाको, तिमीले माया के लाउँथ्यौ साइली मजस्तो जाभाको, सेतो र चोली रातो र चोली उनैले सिएको, यो गीत मैले गाएको होइन सम्झाइदिएको । यहि गीतमा रमाइलो गरेको भिडियो महानायकले सार्वजनिक गरेका थिए । ‘तर, म त साइँली होइन, जेठी भनेको भए हुन्थ्यो,’ मधु भन्दै थिइन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807