कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै हुने

कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै हुने

सञ्चार बाणी

@SancharBani

२०७८ साउन ५ गते मङ्गलबार ०९:३३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो ।

सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको रातोपाटीलाई जानकारी दिए ।

परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउँदै मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गर्ने बताएका छन् । बोर्डले परीक्षा लिनका लागि सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि अनलाइन विधिबाट परीक्षा लिने चर्चा चले पनि संक्रमण दर कम भएकाले भौतिक उपस्थितिमै परीक्षा लिन लागिएको हो ।

प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार ०९:३३
प्रतिक्रिया दिनुहोस