पाल्पामा पहिरोले ६ घर पुरिए, एक जनाको मृ’त्यु, चार वर्षीय बालक बेप’त्ता

पाल्पामा पहिरोले ६ घर पुरिए, एक जनाको मृ’त्यु, चार वर्षीय बालक बेप’त्ता

सञ्चार बाणी

@SancharBani

२०७८ असार २४ गते बिहिबार ०३:१६

२४ असार, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृ'त्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घ'टनामा सात जना घा'इते छन् । तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृ'त्यु भएको र स्थानीय...

२४ असार, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृ’त्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घ’टनामा सात जना घा’इते छन् ।

तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृ’त्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बे’पत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।

यद्यपि घ’टनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको एसपी सन्तोष कुमार भट्टराईले बताए । ‘प्रहरीको टोलीलाई पैदल पठाइएको छ तर जताततै पहिरो गएकाले घट’नास्थलसम्म हाम्रो टोली पुग्न सकेको छैन,’ जिल्ला प्रहरी प्रमुख भट्टराईले भने, ‘एक जनाको मृ’त्यु र एक जना बच्चा बे’पत्ता भएको सूचना भने आएको छ ।’ घट’नास्थल दोभान प्रहरी चौकीको एरियाभित्र पर्दछ ।

स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन् । प्रहरीका अनुसार सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेर बाटो अ’वरुद्ध भएको छ ।

प्रकाशित मिति २०७८ असार २४ गते बिहिबार ०३:१६
प्रतिक्रिया दिनुहोस