चुम्बनले फैलिन सक्छ यस्तो रोग

चुम्बनले फैलिन सक्छ यस्तो रोग

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर २० गते शनिवार ०७:३२

काठमाडौँ- हालै गरिएको एउटा अध्ययनअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्ने खतरा रहन्छ । ३ हजार ६ सय पुरुषमा गरिएको अध्ययन रिपोर्ट ‘द लान्सेट जर्नल’मा प्रकाशित छ । यो योग पुरुष र महिलाको प्रजननमार्गको माध्यमले...

काठमाडौँ- हालै गरिएको एउटा अध्ययनअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्ने खतरा रहन्छ ।

३ हजार ६ सय पुरुषमा गरिएको अध्ययन रिपोर्ट ‘द लान्सेट जर्नल’मा प्रकाशित छ । यो योग पुरुष र महिलाको प्रजननमार्गको माध्यमले वा यौ’नक्रियाको समय फैलिने दावी गरिएको छ ।

यसले मुत्रमार्गको घाँटी र मलद्वारलाई समेत नराम्ररी प्रभावित पार्छ । मार्च २०१६ देखि १२ महिनाको समयमा सम्बन्ध राख्ने पुरुषमा यो अध्ययन गर्दा प्रभाव बढी देखियो । जसले आफ्नो पार्टनरलाई चुम्बनमात्रै गरे यसको परिणाम यस्तो देखियो कि ती व्यक्तिमा गोनोरियाको जोखिम बढी थियो ।

ती व्यक्तिमा यो रोगको अत्यन्त खतरा देखियो जसले चुम्बन गरेपछि यौनसम्पर्कसमेत गर्छन् । मात्र यौ’नसम्पर्क गर्ने व्यक्तिमा भने यो रोगको खतरा थिएन ।

प्रकाशित मिति २०७७ मङ्सिर २० गते शनिवार ०७:३२
प्रतिक्रिया दिनुहोस