काठमाडौँ । बलिउड एक्ट्रेस जैकलीन फर्नान्डिसले हालसालै एउटा भिडियो आफ्नो इंस्टाग्राममा शेगर गरिन् जसमा अभिनेत्री ज्याकलिन फर्नान्डिसले योग आसनको केही भिडियो सार्वजनिक गरिरहेकी देखिन्थिन् । जसमा उनको स्टाइल अरुभन्दा विल्कुलै...
काठमाडौँ । बलिउड एक्ट्रेस जैकलीन फर्नान्डिसले हालसालै एउटा भिडियो आफ्नो इंस्टाग्राममा शेगर गरिन् जसमा अभिनेत्री ज्याकलिन फर्नान्डिसले योग आसनको केही भिडियो सार्वजनिक गरिरहेकी देखिन्थिन् । जसमा उनको स्टाइल अरुभन्दा विल्कुलै फरक थियो । भिडियोमा ज्याकलिन योगका विभिन्न आसन समेत देखाएकी छन् ।
उनको योगको ब्याकग्राउण्डमा म्युजिक पनि बजेको थियो । योग गर्दा ज्याकलिनले पिंक कलरको शर्ट ड्रेस लगाएकी थिइन् जसमा उनी निकै कामुक देखिन्थिन् । भिडियोका साथ ज्याकलिनले क्याप्सनमा लेखेकी छन् ‘आफ्नो शरिरलाई स्वस्थ्य राख्नुहोस् । याद गर्नुस् योग गर्दा म्युजिक र डीप ब्रीथ तपाइलाई आवश्यक पर्दछ ।’ ज्याकलिनको भिडियो सर्वसाधारले निकै मन पराएका छन् । त्यसैले पनि भिडियो सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ ।
भिडियाेः
याे पनी
लकडाउनमा पनि हाँसो मजाक गर्दै देखा परिन् भारती सिंह (भिडियोसहित)
एजेन्सी । भारतमा लकडाउन प्रभावका कारण सबै मासिनहरु अहिले कैदी जिवन विताउन बाध्य छन् । त्यस्तैमा अनेकौँ गतिविधि गरेर मानिसहरुले अहिले चर्चा बटुलिरहेको अवस्था छ । यस्तैमा बलिउडका नायक र नायिकाहरु पनि बेलाबेलामा अदुभुत प्रदर्शनी गर्दै सामाजिक संजालमा आइरहेको देखिन्छ । र बेलाबखत उनीहरुको क्रियाकलापको भिडियोले सामाजिक संजाल तातिने गर्दछ । यस्तैमा केही दिनअघि भारतका चर्चित कमेडियन भारती सिंह पनि आफ्नो कलाद्धारा चर्चा बटुलिरहेकी देखिन्छिन् ।
भारती सिंह लकडाउनको सदुपयोग गर्दै रमाइलो टिकटक भिडियो बनाएर आफ्नो पनि समय बिताउँदै र आफ्ना फ्यान्सहरुको पनि मज्जाले टाइम पास गरिरहेकी छिन् । भारतीले आफ्नो टिकटक भिडियो सोशल मिडियामा शेयर गरिरहेकी छिन् । भारतीले आफ्नो भिडियोहरु इंस्टाग्राम एकाउण्टमा शेयर गरेकी छिन् जसमा उनी धेरै खुशी मुडमा देखिन्छिन् र आफ्नो फन्नी एक्टहरु पस्किरहेकी देखिन्छिन् ।
यसमा भारतीलाई उनकै पति हर्ष लिंबाचियाले साथ दिइरहेको देखिन्छ ।
भिडियाेः
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807