बर्दिया। बर्दियामा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक ४४ वर्षीय पुरुष पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले श्रीमतीलाई बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो ति पुरुषलाई पक्राउ गरेको हो।
४१ वर्षीया श्रीमतीलाई कुटपिट गरी बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। पक्राउ परेका युवक जिल्लाकै बाँसगढी नगरपालिका ९, माछागढका हुन्।
उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
प्रकाशित मिति २०७७ मङ्सिर १३ गते शनिवार ०३:३६