नेपालमा आज १ हजार ७०३ संक्रमित थपिए

नेपालमा आज १ हजार ७०३ संक्रमित थपिए

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १२ गते शुक्रबार १०:५९

पोखरा, १२ मंसिर । नेपालमा शुक्रबार थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको...

पोखरा, १२ मंसिर । नेपालमा शुक्रबार थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

यसैगरी शुक्रबार थप १२ सय ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय ३५ पुगेको छ ।

प्रकाशित मिति २०७७ मङ्सिर १२ गते शुक्रबार १०:५९
प्रतिक्रिया दिनुहोस