पछिल्लो २४ घण्टामा थप ४,७६२ जनामा संक्रमण,११४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४,७६२ जनामा संक्रमण,११४ जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १७ गते सोमबार १२:०८

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि...

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

सोमबारको तथ्यांकपछि नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

प्रकाशित मिति २०७८ जेठ १७ गते सोमबार १२:०८
प्रतिक्रिया दिनुहोस