पुर्व मिस नेपाल सृष्टि श्रेष्ठको बोल्ड तस्वीर हेर्नुहोस (फोटो फिचर)

पुर्व मिस नेपाल सृष्टि श्रेष्ठको बोल्ड तस्वीर हेर्नुहोस (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १५ गते शनिवार ०९:४३

नायिका सृष्टी श्रेष्ठ मिस नेपाल २०१२‎ प्रतियोगिताकी विजेता सुन्दरी हुन्। बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१२‎ को मिस नेपाल प्रतियोगिता जित्नुका साथै सन् २०१२‎ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्मको...

नायिका सृष्टी श्रेष्ठ मिस नेपाल २०१२‎ प्रतियोगिताकी विजेता सुन्दरी हुन्। बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१२‎ को मिस नेपाल प्रतियोगिता जित्नुका साथै सन् २०१२‎ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेकी थिइन्। शालिन स्वभावकी सृष्टिको जन्म चितवनमा भएको थियो ।

नायिका सृष्टि श्रेष्ठको चर्चा सन् २०१२ मा मिस नेपाल भएपछि नै हुन थालेको हो । पछिल्लो समय उनी फिल्म क्षेत्रमा सक्रिय छिन् । गत वर्ष रिलिज भएको फिल्म ‘रोमियो एण्ड मुना’ मा देखिएकी यी नायिकाले फिल्मबाट तारिफ बटुलिन् । भलै पछिल्लो उनका अन्य फिल्म रिलिज भएका छैनन् । उनले ‘गाजलु’ फिल्मबाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिईन ।

उनी केही समय अघि बलिउडमा ‘कभी जो बादल बर्से’ बोलको अनप्लग्ड भर्जनको म्युजिक भिडियोमा देखिएकी थिइन्। यो ‘बलिउडको म्युजिक भिडियोमा उनको पहिलो फिल्मिङ अनुभव थियो। त्यसपछि उनले केही फिल्म र म्युजिक भिडियो समेत गरिन ।

पछिल्लो समय उनको नाम अभिनेता सौगात मल्लसँग जोडिएर आउँछ । यी दुईले आफू प्रेमसम्बन्धमा रहेको स्वीकार गरिसकेका छन् ।’ उनले नायिका हुनलाई राम्री हुनुपर्छ भन्ने माध्यतालाई साथ दिन उनी नियमित फिटनेस र खानपिनमा ध्यान दिने गरेकी छिन्। तत्काल उनी अभिनयलाई निरन्तरता दिएर नेपाली फिल्ममा स्थापित हुन तत्पर छिन्। उनी म्युजिक भिडियोको लागि महँगी मोडलको रुपमा स्थापित भैसकेकी छिन् ।

राम्री र सुन्दर व्यक्तिहरुलाई मनपराउने र माया गर्नेहरुको संख्या धेरै हुन्छन् भन्ने मान्यता सबैले राख्छन्। त्यही कुरा सृष्टिको हकमा पनि लागू हुन्छ। राम्री र सुन्दर मिस नेपालको उपमा पाएकी सृष्टिलाई मनपराउने फ्यानहरु धेरै छन्। विडम्बना उनलाई प्रेम प्रस्ताव भने आजसम्म आएको छैन रे। टिनेजर लभस्टोरी केही फरक थियो। एकोहोरो लभ पर्यो होला वा कसैले एकोहोरो मन पराएर होलान्। आँटै गरेर उनलाई प्रेम प्रस्ताव राख्न भने कोही अहिलेसम्म आएका छैनन्। तत्काल उनी विवाह गर्नेभन्दा करियरमा केन्द्रीत हुने अभिनयमा जुटेकी छिन्।

उनले पहिलो चलचित्र अनमोल केसिको साथमा गरेकी थिइन । जसबाट राम्रै चर्चा पनि पाईन । उनले फिल्ममा कुमारीको भुमिका निर्बाह गरेकी थिईन । शालिन स्वभावकी सृष्टिको तस्बिर भने हट अवतारमा देखिन्छ ।

प्रकाशित मिति २०७८ जेठ १५ गते शनिवार ०९:४३
प्रतिक्रिया दिनुहोस