कोरोनाबाट थप ७ हजार ९१४ संक्रमित, १९३ को मृत्यु

कोरोनाबाट थप ७ हजार ९१४ संक्रमित, १९३ को मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ९ गते आईतबार ११:२६

पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन्। यस दिन १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टिजेन...

पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन्। यस दिन १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै यस अवधिमा ७ हजार ६६४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको दर ७६. ३ प्रतिशत रहेको उनले बताए।

पछिल्लो २४ घण्टामा १९३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन्।

संक्रमितमध्ये १ हजार ७२१ जना आइसियूमा छन्, तिमध्ये ४८४ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन्।

प्रकाशित मिति २०७८ जेठ ९ गते आईतबार ११:२६
प्रतिक्रिया दिनुहोस