तेस्रो लहर आए यसकारण बालबालिकालाई ‘बढी जोखिम’

तेस्रो लहर आए यसकारण बालबालिकालाई ‘बढी जोखिम’

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ८ गते शनिवार ०१:५२

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ । कान्ति बाल अस्पतालका निर्देशक एवं...

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।

कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबररनोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको बताए ।

‘पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने अनुमान छ,’ उनले भने ।

कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम थिए । हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समेत कोभिडको तेस्रो लहर आउन सक्ने र यसले बालबालिकालगायत खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने बताए ।

दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि स्कुल खुल्ने भएकाले संक्रमणको समस्या निम्तिने उनको भनाइ छ । ‘राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर दोस्रो लहर ल्याउन सघाए,’ डा. अधिकारीले भने, ‘तेस्रो लहर चाँडै फैलिन्छ, अत्यन्त जोखिमपूर्ण स्थिति आउन सक्छ ।’ बालबालिकाका लागि खोपसमेत नभएकाले स्वास्थ्यमा जनशक्तिलगायत पूर्वाधार व्यवस्था तत्काल गर्नुपर्नेमा उनले जोड दिए ।

कोरोना भाइरसले सहजै रूप परिवर्तन गरिरहेकाले तेस्रो लहरमा बालबालिकालाई तीव्र गतिमा समस्यामा पार्ने डा. बिच्छाको अनुमान रहेकाे खबर कान्तिपुर दैनिकमा छ ।

‘हालसम्म बच्चाका लागि कुनै खोप छैन । अमेरिकामा फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो तर त्यो तत्काल यहाँ आउने सम्भावना देखिँदैन । बच्चाको खोप छिट्टै नआउने भएकाले तस्रो लहरमा उनीहरू नै सर्वाधिक पीडित हुने आंकलन हो ।’

प्रकाशित मिति २०७८ जेठ ८ गते शनिवार ०१:५२
प्रतिक्रिया दिनुहोस