काठमाडौ -सुजल बमको जन्म डोटीको बोगटान गाउँपालिकामा भएको हो । सुरुमा उनि जिल्लाकै रामपर माध्यामिक बिद्यालयमा रहेको बहिरा स्कूलमा भर्ना भईन । त्यस पछि सिन्धुपाल्चोकको बाह्रबीसेमा रहेको बहिरा स्कूल हुँदै काठमाडौंको नक्सालमा रहेको...
काठमाडौ -सुजल बमको जन्म डोटीको बोगटान गाउँपालिकामा भएको हो । सुरुमा उनि जिल्लाकै रामपर माध्यामिक बिद्यालयमा रहेको बहिरा स्कूलमा भर्ना भईन । त्यस पछि सिन्धुपाल्चोकको बाह्रबीसेमा रहेको बहिरा स्कूल हुँदै काठमाडौंको नक्सालमा रहेको केन्द्रिय बहिरा स्कूलमा पाँच कक्षामा भर्ना भएकी सुजल त्यहीबाट एसईईमा बी प्लसका साँथ उत्तीण भएकी छन ।
सुजल बोल्न र सुन्नबाट बञ्चित छिन ,तर हरेक क्रियाकलापबाट भने उनि विल्कुलै बञ्चित छैनन् । उनि पाठ्यक्रमका अलवा खेलकूद, कला,नृत्य र मोडलिङमा पनि उत्तिकै अब्बल राख्दछिन । जो जस्तो भएपनि उनि आफुलाई अरु भन्दा फरक देखाउँन रुचाउँछिन । आफूमा भएको शारीरिक अपाङ्गताप्रति उनमा खासै त्यस्तो रोकावट छैन, जसका कारण उनमा भएको प्रतिभालाई उजागर गर्नबाट रोक्न सकोको छैन् ।
उनि निर्भिक छिन आफ्नो मेहनत र बिश्वासप्रति । सायद् यहि बिश्वासको फल होला आज उनको सफलता । सुजल सानै देखि क्रिएटिभ छिन । उनमा अद्भूत कला र क्षमता छ । जो उनले समयलाई जिम्मा दिएकी थिइन । त्यो समयले आज उनलाई सफलतामा उभाईदियो । उनले अहिले आएर मिस्टर एन्ड मिस एसईईमा पनि बिभिन्न उपाधिबाट सम्मान भईन ।
जस्तै उनले ८४ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै पाँचौ रनर अपको उपाधि चुम्न सफल भईन । प्रतियोगितामा उनले अर्गनाइजर च्वाइस अवार्ड, मोस्ट कन्फिडेन्स र मल्टिमिडिया अवार्ड पनि हाँत पार्न सफल भईन । केहि समयअघि सुजल बमद्धारा अभिनित “झिमझिम परेली”नामक म्यूजिक भिडियो सार्वजनि भएको थियो । “मिलाप”मासिकको आयोजनामा सम्पन्न भएको उक्त गीतको सार्वजनि समारोहमा बहिरा कलाकारले प्रोफेसनलरुपमा अभिनय गरेको सो म्यूजिक भिडियो बिश्वकै पहिलो मानिएको छ ।
अब हेरौं यीनै विश्व चकित पार्ने सुजल बम का रमाइला टिकटक भिडियो:
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807