पछिल्लो २४ घण्टामा ८१६७ जनामा संक्रमण पुष्टि ,संक्रमणबाट थप १८७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८१६७ जनामा संक्रमण पुष्टि ,संक्रमणबाट थप १८७ जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १ गते शनिवार १२:०६

१ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ भने ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको...

१ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ भने ८१६७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको छ ।

१८ हजार ५४८ जनाको परीक्षण गर्दा ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।

हालसम्म ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५४५५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ जेठ १ गते शनिवार १२:०६
प्रतिक्रिया दिनुहोस