३० वैशाख, काठमाडौं । बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्यबिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा झरेको छ । चाँदीको मूल्यअघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा आइपुगेको छ ।
याे पनी
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुँदै

काठमाडौं । दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता हुने भएको छ । दिउसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति हुने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए ।
मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । तर अहिले नामको विषयमा मात्रै सहमति भएको अध्यक्ष गौतमले जानकारी दिए । यो प्रारम्भिक सहमति मात्रै हो, बाँकी कुरा सम्झौता पछि हुँदै जानेछन्’ अध्यक्ष गौतमले भने ।
प्रकाशित मिति २०७८ बैशाख ३० गते बिहिबार ०६:३५