नायिका जसिता गुरुङले केही समय अगाडि चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकाइन् । यो चलचित्रमा अनुवन्धित भएपछि जसिताले सामाजिक संजालबाट आफूलाई टाढा नै बनाएकी थिइन् ।
यो चलचित्रको निर्माणपक्षले हालसम्म चलचित्रको कुनै पनि लुक्स सार्वजनिक गरेको थिएन । जसिताले यो चलचित्रको लागि डबिङ पनि सकाएकी छिन् ।जसिता यो चलचित्रको छायांकन सकेर अर्को चलचित्र ‘एन्टी हिरो’को प्रतिक्षामा छिन् । तर, भूवन केसीको निर्माणमा बन्ने यो चलचित्र निर्माण हुने या नहुने दोधार नै छ ।
यसैविच, नायिका गुरुङले सामाजिक संजालमा एउटा तस्वीर सार्वजनिक गर्दै लामो समयपछि आफूले आफ्नो लुक्स सार्वजनिक गरेको उल्लेख गरेकी छिन् । जसिताले लेखेकी छिन्–‘अन्ततः लामो समयसम्म लुकाएपछि मैले यो लुक्स सार्वजनिक गरेकी छु । सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’
जसिताको यो लुक्स चलचित्र ‘आई एम ट्वान्टी वान’को रहेको अड्कल लगाउन सकिन्छ ।







याे पनी पढनुहाेस
तनाव कम गर्न अपनाउनुपर्ने वास्तुका ४ टिप्स

आजकल त’नाव र डि’प्रेसनको समस्या वयस्कमा मात्र नभई बालबालिकामा समेत देखिन थालेको छ ।परीक्षा वा नतीजाको त’नाव र कार्यालयको काम वा सम्बन्धका समस्याका कारणले आउने त’नावले डि’प्रेसन हुन सक्छ । यस्ता समस्या बढ्दै गएपछि व्यक्तिको जीवनमा नकारात्मकता हावी हुदै जान्छ । यस्तोमा वास्तु दोष पनि कारण बन्ने गर्दछ ।
वास्तु शास्त्रका अनुसार घरको पश्चिमी दिशामा वास्तु दोषका कारण व्यक्ति त’नाव वा डि’प्रेशनको शि’कार हुनसक्छ । यदि डि’प्रेशनबाट बच्नु छ भने यस दिशा वास्तु अनुरूप हुन आवश्यक छ ।
वास्तु अनुसार पश्चिम दिशा लामो समय बिताउनु हुदैँन । साथै सुत्नु हुदैँन । त्यसैले यस दिशामा बेडरूम हुनुको सट्टा ट्वाइलेट, सीढि निर्माण हुनु पर्दछ । यस अलावा घरके ईशान कोणमा भारी वस्तु राख्नु हुदैन । साथै सफा र स्वच्छ हुनु पर्दछ । यस अलावा त’नावबाट बच्न घरमा यी उपाय गर्नु पर्दछ ।
१. त’नाव वा डि’प्रेशनको शि’कार भएका व्यक्ति कहिल्यै उत्तर वा पश्चिम दिशा सिर पारेर सुत्नु हुदैँन । यसो गर्दा त’नाव बढ्दछ । साथै पूर्व वा दक्षिण दिशा सिर पारि सुत्नु पर्दछ ।
२. घरमा कहिल्यै टूटे फुटेको वा चर्केको चीज राख्नु हुदैँन । यस्ता सामान घरमा राखेमा सम्बन्धमा क’लह बढ्ने गर्दछ र मा’नसिक त’नावको सामना गर्नु पर्ने हुन सक्छ ।
३. यदि घरमा नकारात्मकताको आभास भयो वा हमेशा त’नाव महशुस भयो वा घरमा कोहि सदस्य डि’प्रेशनको शि’कार छन् भने साँझमा अनिवार्य घरमा सुगन्धित अगरबत्ती बाल्ने गर्नु पर्दछ । अगरबत्तीले वातावरण सुगन्धित हुन्छ साथै मनमा शान्ति महशुस हुन्छ । र सकारात्मक उर्जा समेत बढ्ने गर्दछ ।
४. घरमा माकुराले लगाएको जालो र फोहोर पनि मा’नसिक त’नावको कारण बन्न सक्छ । तसर्थ यस प्रकारको जालो हटाउनु पर्दछ ।
प्रकाशित मिति २०७८ बैशाख २७ गते सोमबार ०५:०३