आफु भन्दा ४ वर्ष कान्छा अनिलसंग सुटुक्क विवाह गरेर अमेरिका उडिन् मोडल रश्मी तामाङ

आफु भन्दा ४ वर्ष कान्छा अनिलसंग सुटुक्क विवाह गरेर अमेरिका उडिन् मोडल रश्मी तामाङ

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २५ गते शनिवार ०१:२४

काठमाडौं- चर्चित मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् । अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । केहि समयदेखि अमेरिकामाको क्लोराडोमा बस्दै...

काठमाडौं- चर्चित मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् ।

अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । केहि समयदेखि अमेरिकामाको क्लोराडोमा बस्दै आएकी तामाङ्ले गोर्खाका अनिल राना मगरसँग लकडाउनमा बिबाह गरेकी हुन् ।

नुवाकोट घर भएकी तामाङ्ले आफु भन्दा ५ वर्ष कान्छा गोर्खा घर भएका मगर सङ बिबाह गरेकी हुन् ।बिबाह गर्ने गर्ने बारेमा खासै चर्चा नभएको बेला उनले बिहे गरेको जानकारी सामाजिक सन्जालमा बिहे गरेको फोटो सार्बजनिक भएपछि थाहा भएको छ ।उनले बिहे गरेको थाहा भएपछि बधाईको ओइरो नै लागेको छ ।

रश्मीले गते १२ गते अनिलसँग विवाह गरेको बताइएको छ । विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् । लोक तथा आधुनिक गीतका म्युजिक भिडियोको लोकप्रिय मोडल रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् ।

हेरौ उनले आफ्नो फ़ेसबुक सेयर गरेका केही तस्विरहरु:

त्यस्तै लोकदोहोरि अब्बल गायिका खिमा रोका मगर बिबाह बन्धनमा बाधिएकि छिन्। दाङ घर भएका सागर संग वैवाहिक जीवन मा बाधिनुभयको उहालाई हार्दिक बधाइ छ। खिमा रोका दोहोरि गाउनमा धेरै प्रतिभा थियो।उनमा धेरै राम्रो प्रतिभा हुनाले पनि धेरैले उनलाई मन पराएका थिए। अहिले भने खिमा कार्यक्रम इन्द्रेणीमा आबद्ध थिइन्। खिमा रोकाको स्वर धेरै भएको हुनाले पनि उनले धेरै गीतहरुमा आवाज दिएकि छिन् भने धेरै गीतहरुमा अभिनय पनि गरेकी छिन्।

यो पनि, कार्यक्रम इन्द्रेणीले अब आफ्नै भाका प्रयोग गर्ने भएको छ।पहिलोपटक कृष्ण बजागाईले भाका निर्माण गरेर इन्द्रेणीमा पहिलोपटक आफ्नै भाकामा दोहोरी सुरु गरिएको छ।दैनिक जसो इन्द्रेणीमा कपीराइट आउन थालेपछि इन्द्रेणीले अब आफ्नै भाकामा दोहोरी गाउन लागिएको इन्द्रेणीका संचालक कृष्ण कंडेलले जानकारी दिनु भयो।

पुरानो सृजनाको संरक्षण गर्न खोज्दा चलेकै कलाकारहरुबाटनै इन्द्रेणीमा गलत आचरण देखिएको भन्दै अब इन्द्रेणीले आफ्नै भाकामा दोहोरी गाउने उनको भनाइ छ। बिस्तारै आफ्नै भाका निर्माण गर्न लागिएको कृष्ण कंडेलको भनाइ छ। चिज गुरुङ र कृष्ण बजागाईले गाएको आजको दोहोरी कृष्ण बजगाईकै संगीतमा बनेको हो।

केहि दिन देखि निरन्तर इन्द्रेणी प्रति कपीराइट लाग्न थालेको छ।पुरानो भागहरुमा पनि कपि राइट लागेपछि कलाकारहरुले इन्द्रेणी प्रति गरिएको यो ब्यबहारको खुलेर बिरोध गरेको छन।पछाडीबाट छुरा हान्ने काम कसैले गर्नु हुदैन भन्दै कलाकारहरु एकजुट भएका छन।

प्रकाशित मिति २०७८ बैशाख २५ गते शनिवार ०१:२४
प्रतिक्रिया दिनुहोस