एकैदिन ७६६० कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

एकैदिन ७६६० कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २१ गते मङ्गलबार १२:२५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको निधन भएको छ। थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो।...

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको निधन भएको छ। थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो। १६,१३१ पीसीआर र ५७१ एन्टिजन परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित पहिचान भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो वृद्धिसँग नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५९,७९८ पुगेको छ। पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोना संक्रमित भने निको भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २०७८ बैशाख २१ गते मङ्गलबार १२:२५
प्रतिक्रिया दिनुहोस