एकैदिन थपिए २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु २३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि

एकैदिन थपिए २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु २३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख ९ गते बिहिबार १२:३६

९ वैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका...

९ वैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मोरङमा ११३ जना, सुनसरीमा ३६ जना, पर्सामा ७९ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना, कास्कीमा ३१ जना, स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै गुल्मीमा १० जना, दाङमा २३ जना, पाल्पामा ४२ जना, बर्दियामा ३१ जना, रूपन्देहीमा १२५ जना, कञ्‍चनपुरमा ३७ जना र कैलालीमा ७३ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ९ वर्षमुनिका ५१ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १८८ गरी २३९ बालबालिका कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति २०७८ बैशाख ९ गते बिहिबार १२:३६
प्रतिक्रिया दिनुहोस