चट्याङ लागेर तेह्रथुम र भोजपुरमा दुई जनाको मृत्यु

चट्याङ लागेर तेह्रथुम र भोजपुरमा दुई जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख ३ गते शुक्रबार ०५:०२

भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका-६ असिनेकी ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका-८ निगुरेकी ६० वर्षीया मनमाया राई रहेका छन्। बिहीबार बेलुका ७ बजे...

भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका-६ असिनेकी ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका-८ निगुरेकी ६० वर्षीया मनमाया राई रहेका छन्।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर टाउकोको बायाँ भागदेखि घाँटीसम्म जलेको थियो। उनलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, चट्याङ लागेर बेहोस भएर लडेकी राईको टाउकोमा चोट लागेको थियो। उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ बैशाख ३ गते शुक्रबार ०५:०२
प्रतिक्रिया दिनुहोस