सोपाल मिलीजुली व्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न !

सोपाल मिलीजुली व्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न !

सञ्चार बाणी

@SancharBani

२०८२ चैत ८ गते आईतबार ०२:१४

पोखरा ३० चैत्र शनिबार सोपाल समाज पोखराका व्याडमिन्टन सदस्य खेलाडीहरु विच भाईचारा, सदभाव तथा आत्मीयता र सामिप्यता कायम गर्दै सधै दिगो राख्ने मूल उद्देश्य सहित हरेक बर्षजस्तै यस बर्ष समाजको आयोजनामा सोपाल मिलीजुली व्याडमिन्टन...

पोखरा ३० चैत्र शनिबार
सोपाल समाज पोखराका व्याडमिन्टन सदस्य खेलाडीहरु विच भाईचारा, सदभाव तथा आत्मीयता र सामिप्यता कायम गर्दै सधै दिगो राख्ने मूल उद्देश्य सहित हरेक बर्षजस्तै यस बर्ष समाजको आयोजनामा सोपाल मिलीजुली व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २३ टिमको सहभागीता रहेको प्रतियोगीतामा मूख्य प्रतियोगीता र प्लेटमा समेत खेल खेलाईएको थियो !

प्रतियोगीतामा प्लेट तर्फ तृतिय देवेन्द्र गुरुङ र राजु पाण्डे, द्वितिय अमिर रामदाम र दिलकाजी गुरुङ, प्रथम (विजेता) वेल बहादुर थापा र नविन नापित बनेका थिए !

मुख्य प्रतियोगीतामा तृतिय उपेन्द्र श्रेष्ठ र कृष्ण जिसी द्वितिय ललित बोहरा र मेजर लक्षमी प्रसाद गुरुङ, प्रथम (विजेता ) हेमकृष्ण श्रेष्ठ र ईन्द्र प्रसाद गुरुङ भए ! प्रथम , द्धितिय र तृतिय हुने दुबै तर्फका टिमले ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरे !

सोपाल तमु समाजका अध्यक्ष दिपक गुरुङले एम्पाएरलाई कक हस्तान्तरण गरेर प्रतियोगीता प्रारम्भ भएको थियो ! प्रतियोगीतामा एम्पाएरको भुमिकामा सिद्धार्थ श्रेष्ठ, मणि गुरुङ र छबि सुबेदी रहेका थिए । प्रतियोगीतामा अनुशसित खेलाडीको उपाधी उदय सेरपुन्जा लाई प्रदान गरियो !

प्रतियोगीता अवधिभर सोपाल तमु समाजका अध्यक्ष, उपाध्यक्ष, सचीव लगायत पदाधिकारी , सल्लाहकार , आमा समुह लगायतको सक्रिय सहभागीता रहेको थियो ।

प्रकाशित मिति २०८२ चैत ८ गते आईतबार ०२:१४
प्रतिक्रिया दिनुहोस