काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको पुल्य हुवात्तै घटेको छ । सोमबार प्रतितोला ८६ हजार २०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तैगरी आज तेजावी सुनको मुल्य ८५ हजार १५० रुपैंया रहेको जनाइएको छ । भने आज चाँदीको मुल्य पनि घटेको छ आज चाँदी तोलामा १० रुपैंयाले घटेर प्रतितोला १२ सय ५५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रकाशित मिति २०७७ फाल्गुण २५ गते मङ्गलबार ०५:४६