सिर्जनशील कलाकार समूहद्वारा मनसुन कला प्रदर्शनी नयाँ बजारमा अवस्थीत पोखरा आर्ट ग्यालरीमा प्रदर्शन शुरु भएको छ ।
उच्च कार्यक्रमको समुद्घाटनमा गण्डकी प्रदेश आर्थीक मामीला मन्त्री डा.टकराज गुरुङले गरेका थिए । उक्त कार्यक्रममा पोखरा महानगरिालिका वडा ९ का वडा अध्यक्ष देपेन्द्र मर्सानीले आफ्नो बडा मै ग्यालरी स्थापित गर्न लागिपरेको बताए ।
कला क्रान्ति बर्ष कार्टुनिष्ट जित बहादुर गुरुङको मूर्तिकला साथै पानी रंग, एक्रिलिक रंग, अल्कोहोलीक रंग, पेन एड ईन्क लगायत माध्यममा ए थ्री देखि ३ / ५ फिट सम्मको ४८ कलाकारका ५५ कलाकृतिहरु प्रदशनीमा राखीएको छ।

जसमा बामन चालिसेको तीन हजार मूल्य पर्ने देखि प्राज्ञ नगेन सिहं “राङखानी”को एकलाख नौ हजार मुल्य सम्मको कलाकृति बिक्री बितरणमा रखिएको छ। कलाकृति बिक्री भएको रकम संस्थाको कोषमा राखिने सिर्जनशिल कलाकार समुहका अध्यक्ष डीबी गुरुङले जानकारी दिए ।
उक्त प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ६ बजेसम्म अबलोकन गर्न सकिने कार्यक्रम संचालक निशान थापा मगरले जानकारी दिदै असोज ९ गते सम्म प्रदर्शन जारी रहने बताए ।
प्रकाशित मिति २०८१ असोज ४ गते शुक्रबार ०४:०८