नगेन आर्ट एकेडेमी पोखरा द्वारा वि सं २०६५ सालबाट शुरू गरिएको ललितकलाको युग लाई ललितकला डायमण्ड युग बनाउने कला क्रान्ति अभियान अनुसार २०८० सालको ‘ललितकला डायमण्ड वर्ष ब्यक्ति’, ‘ललितकला डायमण्ड वर्ष पुरुष’ र ‘ललितकला डायमण्ड वर्ष नारी’ हालै घोषणा गरिएको छ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८० सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरु, पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ९६ व्यक्तित्वहरु मनोनयनमा परेका थिए, उक्त सूचीबाट उत्कृष्ट तिन कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट र समीक्षक छान्ने जिम्मा पाठकलाई लगाई २२ जना “कलाक्रान्ति व्यक्तित्व”हरु छानिएका थिए ।

२२ जना कला क्रान्ति व्यक्तित्वहरुबाट गुगल फर्म, युट्युब, फेसबुक, एस, लिङदिन र इन्ट्रग्राममा भोटिङका आधारमा विजयी घोषित गरेको आर्ट एकेडेमीकी अध्यक्ष ज्योति हमालले बताउनुभयो । बिक्रम श्री ‘ललितकला डायमण्ड वर्ष ब्यक्ति’, राजेन्द्र पिठाकोटे ‘ललितकला डायमण्ड वर्ष पुरुष’ र सुष्मा राजभण्डारी ‘ललितकला डायमण्ड वर्ष नारी’ घोषित हुनुभएको छ ।
पोखराको नगेन आर्ट एकेडेमीले हरेक वर्ष आयोजना गर्ने उक्त पुरस्कार यसपालि गुगल फर्म, युट्युब, फेसबुक, एस, लिङकन र इन्ट्रग्राममा भोटिङका आधारमा बिक्रम श्रीेले ‘ललितकला डायमण्ड वर्ष ब्यक्ति’, ‘नेशनल आर्ट गुगल अवार्ड विईनर’, ‘नेशनल आर्ट फेसबुक अवार्ड विईनर’, ‘नेशनल आर्ट युट्युब अवार्ड विईनर’ ‘नेशनल आर्ट लिङदिन अवार्ड विईनर’ र ‘नेशनल आर्ट इन्ट्रग्राम अवार्ड विईनर’ गरी ५ माध्यम मा विजयी हुनुभएको छ ।
राजु पिठाकोटे ले “ललितकला डायमण्ड वर्ष पुरुष”, ‘नेशनल आर्ट गुगल अवार्ड फस्र्ट रनर अप’, ‘नेशनल आर्ट फेसबुक अवार्ड फस्र्ट रनर अप’ र ‘नेशनल आर्ट युट्युब अवार्ड सेकेण्ड रनर अप’ विजयी हुनु भएको छ ।

सुष्मा राजभण्डारीले ‘ललितकला डायमण्ड वर्ष नारी’, ‘नेशनल आर्ट गुगल अवार्ड फिमेल विईनर’, ‘नेशनल आर्ट इन्ट्रग्राम अवार्ड सेकेण्ड रनर अप’ र ‘नेशनल आर्ट एस अवार्ड सेकेण्ड रनर अप मा’ बिजयी हुनु भएको छ । दिपेन्द्र बनेपालीले ‘नेशनल आर्ट गुगल अवार्ड सेकेण्ड रनर अप’ र ‘नेशनल आर्ट लिङदिन अवार्ड फस्र्ट रनर अप’ मा विजयी हुनुभएको छ । गणेश राईले ‘नेशनल आर्ट युट्युब अवार्ड फस्ट रनर अप’ र ‘नेशनल आर्ट फेसबुक अवार्ड सेकेण्ड रनर अप’ जित्नुभएको छ ।
दुर्गा बराल वात्सायनले ‘नेशनल आर्ट एस अवार्ड विईनर’, ए.बि. गुरङ्गले ‘नेशनल आर्ट एस अवार्ड फस्र्ट रनर अप’ सञ्जय वान्तवाले ‘नेशनल आर्ट इन्ट्रग्राम अवार्ड फस्र्ट रनर अप’ र केशवराज खनाल ‘नेशनल आर्ट लिङदिन अवार्ड सेकेण्ड रनर अप’ प्राप्त गरी विजयी हुनुभएको भएका छन ।
प्रकाशित मिति २०८१ असार ९ गते शनिवार ०२:३८