चलचित्र क्षेत्रमा विगत १० वर्ष देखि नाम कमाउदैं गरेका कलाकार शेखर सुवेदी ‘सेक्सिएस्ट मोडल’को रुपमा परिचित छन् । काठमाडौंमा जन्मिएका शेखरले नेपालकै ‘सेक्सिएस्ट मोडल’ भनेर ख्याति कमाएका छन् । अभिनयमा डिप्लोमा गरेका शेखरलाई बाल्यकालदेखि नै मोडलिङ र अभिनय क्षेत्रमा रुची रहेको थियो ।

शेखर ‘मिस्टर पपुलर अफ नेपाल २०१६’को विजेतासमेत हुन् । उनले मोडलिङ गर्न थालेदेखि चलचित्र, म्युजिक भिडियोमा मात्र नभइ विभिन्न इभेन्ट, पेजेन्ट, रनवेलगायत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चर्चा बटुले । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा उनको बारेमा चर्चा पनि हुने गरेको छ । उनलाई नेपालको ‘सेक्सिएस्ट मोडल’ भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उल्लेख गरेका थिए भने उनको कतिपय भिडियोमा सोही चरित्र पनि देखिने गरेको पाइन्छ ।

शेखरले पचास भन्दा बढि म्यूजिक भिडियो र एक दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।
चलचित्र क्षेत्रमा अगाडि बढ्न पहिला अभिनय सिकेपछि नै उनलाई चलचित्रको अफर आउन थालेको थियो । उनले अभिनयमा डिप्लोमा र मोडलिंगमा ब्यांगलोरबाट प्रशिक्षण लिएर नेपालमै भविष्य बनाउछु भनि फर्केका हुन ।

उनी मोड्लिंग, फिल्म, थिएटर, एड्, ब्राण्ड, गायन सबै विधामा अव्वल छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको न्यूज, म्यागेजिन, पोर्टलसहरूमा नाम पनि प्रकाशित छ भने अहिले सेक्सिएस्ट मोडेलको रूपमा परिचित छन् ।
हेरौ उनको अरु तस्विरहरु








प्रकाशित मिति २०८१ जेठ ३१ गते बिहिबार ०२:४९