काठमाडौँ । ३४ वर्षकी ज्याकी कूर्न आफैँलाई ‘सि–हल्क’ भन्छिन् । उनको बाइसेप्स देखेर नाम चलेका बडी बिल्डरहरू पनि लाजले टाउको झुकाउन बाध्य हुन्छन् । नेदरल्यान्डकी यी युवतीको बाइसेप हलिउड अभिनेता अर्नोल्ड श्वार्जनेगरको भन्दा ठुलो छ । अर्नोल्डको बाइसेप कुनै समय २२ इञ्च थियो । तर यी युवतीको बाइसेप २४ इञ्चको भएको बताइएको छ ।

कूर्नले व्यायाम गरेर शरीर
बलियो त बनाइरहेकी छिन् नै प्रसिद्धि पनि कमाइरहेकी छन् । कोरोना महामारीका बेलामा उनले पहिलोपटक बडी बिल्डिङबाट आफू खुसी हुन सक्छु भन्ने महसुस गरिन् । ओडिटी सेन्ट्रलको रिपोर्टका अनुसार ज्याकी कर्न पहिलेदेखि नै किक बक्सिङ गर्थिन् । किक बक्सिङ गर्दा उनी बलियो तर थकित भएको महसुस गर्थिन् ।

पछि उनले सकेसम्म धेरै स्वास्थ्यवद्र्धक खानेकुरा खान थालिन् । कोभिडको समयमा उनले आफू मोटी देखिए पनि कुनै समस्या नभएको महसुस गरिन् । बिस्तारै उनले आफ्नो तौल बढाएर दोब्बर बनाइन् अनि आफ्नो मांसपेशी बनाउन तौल उठाउन थालिन् । उनको ज्यान देखेर मानिसहरू राम्रा नराम्रा सबै खाले टिका टिप्पणी गर्छन् । तर उनी नकारात्मक टिप्पणी बेवास्ता गर्छिन् । कतिपय नराम्रा कमेन्ट डिलिट नै गरिदिन्छिन् ।
प्रकाशित मिति २०८० चैत १६ गते शुक्रबार ०४:१३