नयाँ दिल्ली । यतिबेला विश्वभर कर्मचारीको उत्पादकत्व बढाउन र कार्यकुशलतामा सुधार ल्याउन हप्तामा ३ दिनको बिदा दिनु पर्ने भन्ने बहस चर्किरहेको छ ।
नेपालमा हप्तामा शनिबार एक दिन मात्रै छुट्टी पाइन्छ । कुनै कुनै देशमा हप्ताको चार दिन काम गरेर तीन दिन बिदा दिने चलन पनि चलाएका छन् ।
तर भारतका एक पुरुषले भने २६ वर्षको आफ्नो करियरमा जम्मा एक दिन मात्रै छुट्टी लिएका छन् । पत्याउनु भएन ? यो कुरा सत्य हो । तेजपाल सिंह नाम गरेका ती पुरुषको नाम इन्डिया बुक अफ रेकर्ड्समा समेत लेखिएको छ ।
होली होस् या दीपावली, आइतबार होस् वा अन्य कुनै सार्वजनिक छुट्टी । हरेक दिन उनी कार्यालय जान्थे । तेजपाल बिजनौरस्थित एक चिनी मिलमा काम गर्छन् । उनी सन् १९५५ देखि उक्त कम्पनीमा कार्यरत छन् । नियमित साप्ताहिक बिदा बाहेक उनले वर्षभरिमा ४५ दिनको छुट्टी पाउँछन् ।
तर कम्पनीमा आबद्ध भएदेखि सन् २०२१ को बिचमा उनले एक दिन मात्रै बिदा लिएका छन् । यो बिदा पनि उनले आफ्नो सानो भाइको बिहेका
प्रकाशित मिति २०८० फाल्गुण २८ गते सोमबार १०:५५