आमा बन्दै अभिनेत्री यामी गौतम

आमा बन्दै अभिनेत्री यामी गौतम

सञ्चार बाणी

@SancharBani

२०८० माघ २६ गते शुक्रबार ११:२८

भारतीय अभिनेत्री यामी गौतम आमा बन्न भएकी छन्। उनका श्रीमान आदित्य धरले आफूहरू आमाबुबा बन्न लागेको जानकारी दिएका हुन्। यामी आगामी फिल्म 'आर्टिकल ३७०' को प्रचारप्रसारमा व्यस्त छिन्। फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनीहरूले...

भारतीय अभिनेत्री यामी गौतम आमा बन्न भएकी छन्। उनका श्रीमान आदित्य धरले आफूहरू आमाबुबा बन्न लागेको जानकारी दिएका हुन्। यामी आगामी फिल्म ‘आर्टिकल ३७०’ को प्रचारप्रसारमा व्यस्त छिन्।

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनीहरूले उक्त जानकारी दिएका हुन्। उनीहरू विवाह गरेको तीन वर्षपछि आमाबुबा बन्दैछन्।
‘यामी साढे पाँच महिनादेखि गर्भवति छिन्। उनी मेमा आमा बन्न सक्छिन्,’ कार्यक्रममा आदित्य धरले भने।

यामी र आदित्यले ४ जुन २०२१ मा विवाह गरेका थिए। उनीहरूको पहिलो भेट ‘उरी: द सर्जिकल स्ट्राइक’ को सेटमा भएको थियो। यसको करिब दुई वर्षपछि उनीहरूले विवाह गरेका हुन्।

‘आर्टिकल ३७०’ लाई आदित्य सुहासले निर्देशन गरेका हुन्। यो फिल्म २३ फेब्रुअरीदेखि प्रदर्शन हुनेछ।

प्रकाशित मिति २०८० माघ २६ गते शुक्रबार ११:२८
प्रतिक्रिया दिनुहोस