दार्चुलामा आगलागी हुँदा ४ महिनाका बालकको मृत्यु

दार्चुलामा आगलागी हुँदा ४ महिनाका बालकको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०८० पुस १२ गते बिहिबार ०४:१२

१२ पुस, धनगढी । दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ । बुधबार साँझ नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको प्रहरीले...

१२ पुस, धनगढी । दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ ।

बुधबार साँझ नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार विजयको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीबाट घरमा रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडालगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति २०८० पुस १२ गते बिहिबार ०४:१२
प्रतिक्रिया दिनुहोस