ह्वात्तै बढ्यो कन्डमकाे आयात, ५ महिनामा १२ करोडको भित्रियो

ह्वात्तै बढ्यो कन्डमकाे आयात, ५ महिनामा १२ करोडको भित्रियो

सञ्चार बाणी

@SancharBani

२०८० पुस ९ गते सोमबार ०८:४०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो । तथ्यांकअनुसार...

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो ।

तथ्यांकअनुसार यस अवधिमा १ करोड ९४ लाख वटा कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ ।

सबैभन्दा धेरै भारतबाट १० करोड ९४ लाख रुपैयाँभन्दा धेरैको १ करोड ८६ लाख ९२ हजार वटा कन्डम भित्रिएको छ । यसबाहेक चीनबाट २२ लाख ४० हजार रुपैयाँको भित्रिएको छ । यस्तै, कोरियाबाट ५२ लाख ४२ हजारको र मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँको भित्रिएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९ करोड २८ लाख ५८ हजार रुपैयाँको मात्रै आयात भएको थियो । यसअनुसार चालू वर्षको सोही अवधिमा २ करोड ७४ लाख रुपैयाँले आयात बढेको तथ्याङ्क छ ।

प्रकाशित मिति २०८० पुस ९ गते सोमबार ०८:४०
प्रतिक्रिया दिनुहोस