तीन चकलेटि हिरोलाई कास्ट गर्दै : निर्देशक राउत

तीन चकलेटि हिरोलाई कास्ट गर्दै : निर्देशक राउत

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २७ गते बुधबार १२:१२

काठमाडौं । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई लिएर निर्देशक दिनेश राउत सोसल-ड्रामा ‘पूजार सार्की’ फिल्म बनाउँदैछन् । घरेलु फिल्मका यी चर्चित नामलाई एउटै ब्यानरमुनि समेट्न सकेकोमा राउतको चर्चा भैरहेको छ । यी तीनैसँग राउतको...

काठमाडौं । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई लिएर निर्देशक दिनेश राउत सोसल-ड्रामा ‘पूजार सार्की’ फिल्म बनाउँदैछन् । घरेलु फिल्मका यी चर्चित नामलाई एउटै ब्यानरमुनि समेट्न सकेकोमा राउतको चर्चा भैरहेको छ ।

यी तीनैसँग राउतको निकट सम्बन्ध छ । प्रेमकथाका फिल्ममा चलेका र त्यसमा पनि गैर-थिएटर पृष्ठभूमिका अभिनेतालाई फिल्म वृत्तमा ‘चकलेटी नायक’को शब्द प्रयोग हुँदै आएको छ । यो शब्दावलीलाई पत्याउने हो भने, यी तीन चलकेटी एक्टरले राउतको फिल्ममा सहकार्य गर्दैछन् ।

अहिले यी तीनै अभिनेताले सामाजिक संजालबाट युगल तस्वीर सार्वजनिक गरिरहेका छन् । ‘क्याम्प’ र ‘विभाजन’को प्रवृत्ति व्याप्त रहेको भनिएको नेपाली फिल्म वृत्तमा यी तस्वीरलाई अर्थपूर्णरुपमा लिन सकिन्छ । जसलाई निर्देशक राउतले अनलाइनखबरसँगको कुराकानीमा औचित्य पुष्टि गर्ने प्रयास गरे ।

कलाकार एकापसमा मिल्दैनन् भन्ने प्रवृत्ति ब्याप्त भएको बेला आफूले त्यसलाई चिर्न तीन अभिनेतालाई एउटै फिल्ममा खेलाउन थालेको निर्देशक राउतले बताए । ‘खासगरि मेनस्ट्रिमका कलाकार एकापसमा मिल्दैनन् भन्ने भनाई छ । कलाकार फुट्दैनन् । एक हुन्छन् भन्ने कुराको सन्देश दिन पनि यी तीनलाई जुटाएको हुँ’ उनले भने ।

‘यही क्षेत्रमा काम गरेपछि सहकार्य पनि यही क्षेत्रसँगै हुने हो । फिल्म लाइनका मान्छे मिल्दैनन् भन्ने बजारिया हल्लालाई गलत सावित गर्न खोजेको हुँ’ उनले भने । राउतले भनेको सत्य हो भने, कलाकार–कलाकारबीच मात्र हैन, यो फिल्मसँगै आर्यनसँग उनको सम्बन्धमा पनि पुनः हार्दिकता पलाएको छ ।

‘अवश्य पनि, आर्यन र मबीच कुनैबेला व्यक्तिगतभन्दा पनि व्यवसायिक असमझदारी थियो । अहिलेलाई प्याचअपको रुपमा बुझ्नूस’ राउतले आर्यनसँगको सहकार्यबारे भने । आर्यन र दिनेशले ‘आइएम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा काम गरेका छन् । ‘आइएम सरी’ राउतको डेब्यु निर्देशकीय फिल्म हो ।

प्रदीपसँग ‘प्रकाश’पछि दोस्रो सहकार्य हुनेछ भने पलसँग पहिलोपटक । माघदेखि छायांकन सुरु भनिएको यो फिल्मले एक कम्युनिष्ट नेताले जातिय विभेदविरुद्ध गरेको लडाइको कथा भन्छ । कास्कीकोटमा छायांकन हुन लागेको फिल्ममा यी तीन एक्टरको भूमिकाबारे केही खुलाइएको छैन ।

प्रकाशित मिति २०८० मङ्सिर २७ गते बुधबार १२:१२
प्रतिक्रिया दिनुहोस